जिल्ला भू संरक्षण अधिकृतहरुकाे समन्वय गाेष्ठी २०७३ सम्पन्न

भू तथा जलाधार संरक्षण विभागले जिल्ला भू संरक्षण अधिकृतहरुको समन्वय गाेष्ठी  मिति २०७३ मंसिर १३ गते सम्पन्न गरेकाे छ । मिति २०७३ मंसिर १२ गते शुरु भएकाे उक्त दुर्इदिने गाेष्ठी मंसिर १३ गते ११ बु‌धे ललितपुर घाेषणा पत्र जारी गरी समापन गरिएकाे  थियाे  । उक्त गाेष्ठीकाे समुदघाटन माननीय बन तथा भू संरक्षण मन्त्री शंकर भण्डारीज्यूले गर्नु भएकाे  थियाे । 

DSCO workshop proceeding 2073   download

 

काठमाडाै साउन २४ गते

भू तथा जलाधार स‌रक्षण विभागले ४३ ओेँ भू स‌रक्षण दिवस २०७४  यही श्रावण २४ गते विभिन्न कार्यक्रमहरुको आयोजना गरी सम्पन्न ग-याे । उक्त अवसरमा जलाधार व्यवस्थापन सम्वन्धी समाचार तथा लेखहरु सन्चारका  विभिन्न माध्यमबाट प्रकाशन तथा प्रशारण गरी जलाधार व्यवस्थापन कार्यक्रमहरुको वारेमा जनचेतना जगाउने कार्य गर्ने पत्रकाहरुलार्इ सम्मान, जलाधार व्यवस्थापन क्षेत्रमा उत्कृष्ट कार्य गर्ने उपभाेक्ता समूहलार्इ सम्मान, अा‍ व २०७३।७४ भित्र अवकास हुने विभाग तथा जिल्ला भू स‌रक्षण कार्यालयका कर्मचारीहरुलाइ सम्मान र बेजुरु ‍फर्छाैट गर्ने जिल्ला भू संरक्षण कार्यालयका कार्यालय प्रमुख तथा लेखा प्रमुखहरुलाइ समेत सम्मान गरिएको थियो । यसैगरी उक्त समाराेहमा विभागले गर्दै अाएको विभिन्न कार्यक्रमहरुको चिनारी सहितको पाेष्टर प्रदर्शनी समेत गरिएको थियो । रष्टि्य योजना आयोगका माननीय सदस्य डा‍ प्रभु वुढाथाेकीज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापितत्व भू तथा जलाधार संरक्षण विभागका महानिर्देशक श्री विजय राज पाैड्यालज्यूले गर्नु भएको थियो ।

२०७३ चैत्र ९ गते बुधवारवाट प्रत्येक बुधवार विहान ८ बजेदेखि ८ः३० सम्म सगरमाथा एफ. एम. १०२.४ बाट हाम्रा जलाधारहरु कार्यक्रम प्रशारण हुने गरेकाे व्यहाेरा सवैकाे जानकारीकाे लागि अनुराेध छ ।

FAO Project Aims  to Implement landslide treatment ..... Download