काठमाडाै साउन २४ गते

भू तथा जलाधार स‌रक्षण विभागले ४३ ओेँ भू स‌रक्षण दिवस २०७४  यही श्रावण २४ गते विभिन्न कार्यक्रमहरुको आयोजना गरी सम्पन्न ग-याे । उक्त अवसरमा जलाधार व्यवस्थापन सम्वन्धी समाचार तथा लेखहरु सन्चारका  विभिन्न माध्यमबाट प्रकाशन तथा प्रशारण गरी जलाधार व्यवस्थापन कार्यक्रमहरुको वारेमा जनचेतना जगाउने कार्य गर्ने पत्रकाहरुलार्इ सम्मान, जलाधार व्यवस्थापन क्षेत्रमा उत्कृष्ट कार्य गर्ने उपभाेक्ता समूहलार्इ सम्मान, अा‍ व २०७३।७४ भित्र अवकास हुने विभाग तथा जिल्ला भू स‌रक्षण कार्यालयका कर्मचारीहरुलाइ सम्मान र बेजुरु ‍फर्छाैट गर्ने जिल्ला भू संरक्षण कार्यालयका कार्यालय प्रमुख तथा लेखा प्रमुखहरुलाइ समेत सम्मान गरिएको थियो । यसैगरी उक्त समाराेहमा विभागले गर्दै अाएको विभिन्न कार्यक्रमहरुको चिनारी सहितको पाेष्टर प्रदर्शनी समेत गरिएको थियो । रष्टि्य योजना आयोगका माननीय सदस्य डा‍ प्रभु वुढाथाेकीज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापितत्व भू तथा जलाधार संरक्षण विभागका महानिर्देशक श्री विजय राज पाैड्यालज्यूले गर्नु भएको थियो ।