नेपाल सरकार (माननीय मन्त्रीस्तर) काे मिति २०७४।०८।१३ काे निर्णयानुसार डा. अखिलेश्वरलाल कर्ण भू तथा जलाधार संरक्षण विभागकाे महानिर्देशक पदमा पदस्थापना हुनु भएको छ । २०७४ मंसिर  १८ गतेदेखि भू तथा जलाधार स‌ंरक्षण विभागको महानिर्देशक पदमा वहाली गर्नु भएका  डा. कर्ण २०४२ सालमा वन सेवामा प्रवेश गर्नु भै सिन्धुपाल्चाेक, अाेखलढुङ्गा, स्याङ्जा, पर्सा, झापा, राैतहट, धनकुटा, सल्यान र कैलाली जिल्लाहरुमा जिल्ला वन अधिकृत पदमा कार्यरत रही मध्यमान्चल क्षेत्रीय वन निर्देशनालयमा क्षेत्रीय निर्देशक पदको कार्यभार समेत सम्हाली सक्नु भएको छ भने वन तथा भू संरक्षण मन्त्रालयकाे जैविक विविधता तथा वातावरण महाशाखा प्रमुखकाे जिम्मेवारी पूरा गरी महत्वपूर्ण याेगदान पु-याउनु भएको छ । यस विभागमा पदस्थापना हुनु भन्दा अगाडि मिति २०७३।११।१७ देखि २०७४।८।१७ सम्म वनस्‍पति विभागकाे महानिर्देशककाे पदमा कार्यरत हुनुहुन्थ्यो ।  BISEPT-ST र  MSFF परियाेजनाहरुमा समेत कार्य गर्नु भएका डा. कर्णले त्रि. वि. बाट स्नातक, University of Reading, UK बाट  Master degree, University of East Angila, UK बाट विद्यावारिधि (PhD) को उपाधी हासिल गर्नु भएको छ ।